पाँच दलीय गठबन्धन चुनावसम्मै हुन्छ- आरजु राणा

नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन निर्वाचनसम्मै कायम रहने बताएकी छन्।

नेपालभ्युज

पाँच दलीय गठबन्धन चुनावसम्मै हुन्छ- आरजु राणा

काठमाडौं। नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन निर्वाचनसम्मै कायम रहने बताएकी छन्। बिहीबार धनगढीस्थित आफ्नै निवासमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जनताको म्यान्डेट सबै दल मिलेर अघि बढ्नुपर्ने बताइन्।

‘‘एमाले मात्र छैन अरू पार्टी पनि छन्, ०७४ को चुनावले सिकाएको अनुभवले गठबन्धनमा जानैपर्छ। कांग्रेस लोकतान्त्रिक पार्टी हो गठबन्धन गर्नेनगर्नेबारे बहस भएका छन्,’’ राणाले भनिन्,‘‘हामी निर्णय गरेरै गठबन्धन बनाएर चुनावमा जान्छौँ।’’

उनले स्थानीय चुनाव हुनेमा पनि ढुक्क रहन आग्रह गरिन्। स्थानीय तहको निर्वाचनका लागि वडा तहदेखि सिफारिसका आधारमा उम्मेदवार बनाइने भएकाले जनतामाझ लोकप्रिय, जनताका समस्या बुझी सहयोग गर्ने र बढी भन्दा बढी मत ल्याउन सफल हुने योग्य व्यक्ति नै कांग्रेसको उम्मेदवार हुने उनले बताइन्।

अहिले आफूलाई सर्लाहीमा चुनाव लड्न भनिएको भए पनि पार्टीले टिकट दिए धनगढीमै चुनाव लड्ने राणाको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved