चुनावी गठबन्धन कांग्रेससँग हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको चुनावी गठबन्धन नेपाली कांग्रेससँग हुने बताएका छन्।

नेपालभ्युज

चुनावी गठबन्धन कांग्रेससँग हुन्छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको चुनावी गठबन्धन नेपाली कांग्रेससँग हुने बताएका छन्। आज गृह जिल्ला चितवन पुगेर प्रचण्डले आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका हुन्।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक गृह जिल्ला पुगेका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए। उनले अहिले जारी गठबन्धन स्थानीय मात्र नभई प्रादेशिक र संघीय चुनावसम्मै कायम रहने बताए।
प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन पुगेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved