यी हुन् चुनावकेन्द्रित एमाले केन्द्रीय कमिटी बैठकले सारेका ११ एजेण्डा

सातै प्रदेशका अध्यक्षहरूले सके रिपोर्टिङ

नेपालभ्युज

यी हुन् चुनावकेन्द्रित एमाले केन्द्रीय कमिटी बैठकले सारेका ११ एजेण्डा

काठमाडौं । बुधबारदेखि शुरु नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा चलिरहेको छ। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनकेन्द्रित केन्द्रीय कमिटी तेस्रो बैठकले आज ११ ओटा कार्यूसूची (एजेण्डा) अघि सारेको छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अहिले बैठकमा प्रदेश अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ। बैठकमा बैठकमा सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ सकेका छन्। प्रदेश अध्यक्षहरू तुल्सी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, नवराज शर्मा, राधाकृष्ण कँडेल, विनोदकुमार शाह र दामोदर भण्डारीद्वारा स्थानीय निर्वाचनमा केन्द्रित भएर रिपोर्टिंङ गरेका रिजालले जनाए।

गरिरहेका छन्। बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदनमाथि पनि छलफल हुने छ।

यस्ता छन् ११ ओटा एजेण्डा

१  रिपोर्टिङ
२  राजनीतिक प्रतिवेदन
३  विभागहरूको गठन
४ स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५ घोषणापत्र तयारी
६ पार्टीको वार्षिक क्यालेन्डरको तयारी
७ पार्टी स्थापना दिवस
८ निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ सचिवालयको बैठकका निर्णयहरूको अनुमोदन
१० लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ विविध

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved