दुवाकोटमा एक्सरे र प्रयोगशाला सेवा सञ्चालन गरिने

नेपालभ्युज

दुवाकोटमा एक्सरे र प्रयोगशाला सेवा सञ्चालन गरिने

काठमाडौं । वीर अस्पतालले आगामी १ वैशाखदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा प्रयोगशाला, र एक्सरे सेवा सञ्चालन गर्ने भएको छ।

मंगलबार दुवाकोटमा बन्ने तयारीमा रहेको वीर अस्पतालको प्रोजेक्टको स्थलगत अनुगमनका क्रममा अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले प्रयोगशाला, र एक्सरे सेवा प्रदान गरिने बताए।

“कोभिड अगाडि क्लिनिक सञ्चालन गर्दै आएकोमा कोभिडका कारण सेवा प्रभावित भएको थियो,” उनले भने, “अब वैशाखदेखि ती रोकिएका सेवाहरु सहित प्रयोगशाला र एक्सरेसेवा सञ्चालन गरिने छ।”

अनुगमनका क्रममा बोल्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुवाकोटमा अस्पताल बनाउने कुरा आश्वासन मात्रै नभए जुन सुकै हालतमा पनि अस्पताल बन्ने जानकारी दिए। “सरकारको यो योजना जनतालाई आश्वासन दिलाउन खोजेको होइन, कोभिडका कारण केही समय ढिला भयो अब हामी यहाँ अस्तपाल बनाउने बचनबद्धता गछौं,” खतिवडाले भने।

अनुगमनका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिवद्धय डा रोशन पोखरेल र देवकुमारी गुरागाँइ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति देवनारायण साह, मन्त्रालयका विज्ञ सल्लाहकार डा रमेश ढकाल, निति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल, प्रवक्ता डा संगीता मिश्रा लगायत स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको टोली पुगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved