पीएनजीमाथि नेपालको सात विकेटको जित

नेपालभ्युज

पीएनजीमाथि नेपालको सात विकेटको जित

काठमाडौं । त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा नेपालले पीएनजीलाई ७ विकेटले हराएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले ८ विकेटको क्षतिमा पूरै (ओभर) खेलेको थियो। त्यस क्रममा उनले १ सय ७३ रन बनाएको थियो। नेपाललाई जित दिलाउन ओपनर कुशल भुर्तेल र आरिफ शेखले अर्द्धशतक बनाए। आरिफले ९४ बलमा ५९ रन बनाए। उनी नटआउट रहे। त्यस्तै कुशलले ६४ बलमा ५० रनको योगदान दिए।

नेपालले १७४ रनको लक्ष्य मात्र ३७ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। अलराउण्डर दीपेन्द्रसिंह ऐरी आजको खेलमा पनि खाता नखोली आउट भए। त्यस्तै रोहित पौडेलले ४८ बलमा ४४ रन बनाएर नट आउट रहे।

नेपाल लिग डिभिजन- २ मा १२ खेलपछि १२ अंकका साथ छैटौं स्थानमा कायमै रहेको छ। सिरिजको पहिलो खेलमा पनि नेपालले पीएनजीविरुद्ध जित हात पारेको थियो। यूएईसँगको दुवै खेलमा भने पराजित भएको थियो।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved