यूएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

नेपालभ्युज

यूएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं। त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा आयोजक यूएईले २०३ रनको मध्यम लक्ष्य दिएको छ।

निर्धारित ५० ओभरको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई नेपालको कसिलो बलिङसामु ५० ओभरमा ९ विकेटको क्षतिमा २०२ रन मात्रै जोड्न सफल भयो। कप्तान सन्दीप लामिछानेले १० ओभरमा मात्र ३२ रन खर्चेर यूएईको तीन विकेट झारेका थिए।

त्यसैगरी सोमपाल कामी र करण केसीले २/२ र आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

ब्याटिङतर्फ यूएईका पूर्वकप्तान रोहन मुस्तफाले सर्वाधिक ६० रन जोडेका थिए। आईसीसी विश्वकप लिग डिभिजन २ अन्तर्गतको जारी सिरिजको यूएईसँगको पहिलो खेलमा १६९ रनको लक्ष्य पनि पूरा गर्न नसक्दा नेपालले खराब ब्याटिङका कारण लज्जास्पद हार व्यहोरेको थियो।

आज नेपाल ब्याटिङ सुधार्दै त्यो हारको बदला लिने दाउमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved