काठमाडौं-पोखराको सडकदूरी दुई घण्टा हुनेगरी छोट्याउँछौँ: अर्थमन्त्री शर्मा

नेपालभ्युज

काठमाडौं-पोखराको सडकदूरी दुई घण्टा हुनेगरी छोट्याउँछौँ: अर्थमन्त्री शर्मा
फाइल तस्वीर

काठमाडौं। र्थमन्त्री जनार्दन शर्मा प्रभाकरले काठमाडौं-पोखराको सडक दूरी २ घण्टामा घटाउने बताएका छन्। सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दूरी घटाएर २ घण्टा कायम गर्नेगरी योजना बनाइसकेको बताए।

प्रमुख शहरसँग ग्रामिण क्षेत्रको दूरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ आगामी बजेट केन्द्रित हुने उनको भनाइ थियो। ‘‘एउटा शहरबाट अर्को शहरको दुरी घटाउने योजना बनाएका छौं। उदाहरणका लागि काठमाडौंबाट पोखराको सडक दूरी २ घण्टा कायम गराउने गरी योजना बनाइरहेका छौं। अन्यत्र पनि यस्तै योजना बनाउँदैछौं,’’ उनले भने, ‘‘ग्रामिण अर्थतन्त्र सुधारमा हामी बिशेष ध्यान दिदैछौँ। ग्रामिण क्षेत्रका उत्पादनले सहजै बजार पहुँच पाउने कुराको सुनिश्चितता गरिनेछ।’’

उनले जनतामा आधारित बिकास मोडललाई समेत बजेटमार्फत कार्यान्वयन गर्ने बताए। जनताले विकासको अनुभूति गर्ने किसिमको पूर्वाधार निर्माण योजना अघि बढ्ने दाबी उनले गरे। निर्माण कार्य पनि गुणस्तरीय होस् भन्ने उत्तिकै ध्यान दिइएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved