तीन सयले बढ्यो सुनको मूल्य

नेपालभ्युज

तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३०० ले बढेर ९९ हजार ५०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँले बढेर प्रतितोला  ९९ हजार रुपैयाँ छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३७५ कायम रहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२६ डलर आसपासमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved