रूसी आक्रमणको बर्बरता

मिसाइलले मार्न नसकेको ममता : जसले छोरी बचाउन खोज्दा टाउको फुटेको पत्तो पाइनन्

ओल्गाकाअनुसार मिसाइल प्रहार हुँनभन्दा अघि उनी आफ्नी ६ हप्ताकी छोरीलाई ब्ल्याङकेटले छोपेर दूध खुवाउँदै थिइन् । ”यहीकारण बच्चा बाँच्यो। मैले उनलाई ब्ल्याङकेटले छोपेको केही समयमात्रै भएको थियो। घटनालगत्तै दिम्यात्रोले पनि उफ्रेर हामीलाइै छोपे,” उनले भनिन्।

नेपालभ्युज

मिसाइलले मार्न नसकेको ममता : जसले छोरी बचाउन खोज्दा टाउको फुटेको पत्तो पाइनन्

एजेन्सी । रूसी आक्रमणबाट आफ्नो बच्चालाई बचाउन खोज्दा युक्रेनमा ओल्गा नामकी एक २७ वर्षीया महिला गम्भीर घाइते भएकी छिन्। घटना किभको हो।

ओल्गाका अनुसार घरभित्र मिसाइल ठोक्किएपछि कोठाका सबै सिसाहरू फुटेका थिए। ”मेरो टाउकोमा चोट लागेको थियो र रगत बग्न थालेछ। त्यो रगत मेरी छोरीको शरीरमा चुहिएछ”,उनले भनिन्,”मैले के भयो भन्ने बुझ्नै सकिँन। मलाई छोरीको रगत बगिरहेछ भन्ने लाग्यो।”

यी महिलाको अहिले ओख्म्याट्ड्याट बाल अस्पतालमा उपचार भइरहेको छ। टाउकोमा ब्यान्डेज लगाएर काखमा आफ्नी शिशुलाई बोकेको ओल्गाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

मिसाइल प्रहारको घटनालगत्तै होश गुमाएकी ओल्गा आफ्नी छोरीलाई चोट लागेको भन्दै चिच्याइरहेकी थिइन्। त्यसपछि श्रीमान्ले नै संझाउनुपरेको थियो,‘‘ओल्गा यो रगत तिम्रो हो। छोरीको होइन।’’

ओल्गाकाअनुसार मिसाइल प्रहार हुँनभन्दा अघि उनी आफ्नी ६ हप्ताकी छोरीलाई ब्ल्याङकेटले छोपेर दूध खुवाउँदै थिइन् । ”यहीकारण बच्चा बाँच्यो। मैले उनलाई ब्ल्याङकेटले छोपेको केही समयमात्रै भएको थियो। घटनालगत्तै दिम्यात्रोले पनि उफ्रेर हामीलाइै छोपे,” उनले भनिन्।

ओल्गाको टाउको र शरीरमा लागेका धेरै चोटहरूको उपचार चलिरहेको छ। तर, बच्चालाई भने चोट लागेको छैन। ‘‘हामीसँग सकारात्मक हुनुबाहेक अरू केही बाँकी छैन,’’ सीसा फूटेको आवाज सुनेपछि ब्युँझिएका दिम्यात्रोले भने।

रूसले आक्रमण शुरू गरेयता किभमा कम्तिमा ६० जना सर्वसाधारण मारिएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved