व्याख्यात्मक टिप्पणीले अमेरिकी सैन्य रणनीतिको षडयन्त्र रोकेको होः देव गुरुङ

नेपालभ्युज

व्याख्यात्मक टिप्पणीले अमेरिकी सैन्य रणनीतिको षडयन्त्र रोकेको होः देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संघीयताविरोधीहरूले नै संघी व्यवस्थामा हालीमुहाली गरिरहेको आरोप लगाएका छन्।

वाईसीएल नेपाल भक्तपुरको आज प्रशिक्षण कार्यक्रममा उनले जसको नीति उसैको नेतृत्व हुनुपर्ने बताउँदै संसद्वादी पुराना दलले यसलाई पुरानै लयमा लैजान खोजेको र भ्रष्टाचारको अखण्डा बनाएको बताए।

एमसीसी पारित गराउने व्याख्यात्मक टिप्पणीले नै नेपाललाई अमेरिकी सैन्य रणनीतिअन्तर्गत सदस्य राष्ट्र बनाउने षड्यन्त्र रोकेको उनले बताए। तर अमेरिकी सैन्य रणनीतिअन्तर्गत राख्न अझै पनि प्रयास भइरहेको उनको भनाइ थियो।

पार्टीका केन्द्रीय सदस्यहरू दिलीप प्रजापति, देवेन्द्र श्रेष्ठ, डीपी ढकाल, प्रतिमा श्रेष्ठ, रामप्रसाद सापकोटालगायतले समसामयिक राजनीति र युवाहरूको भूमिकामाथि प्रकाश पारेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved