काठमाडौं। ब्लाइन्ड रकर्स सिजन ३ का विजेताहरूलाई आज एक कार्यक्रमका बीच ताज पहिर्याइएको छ।
कोभिड १९ का कारण भर्चुअल रूपमा घोषणा गरिएको मिस्टर एण्ड मिस ब्लाइन्ड रकर्सलाई आज ब्लाइन्ड रक्स नामक संस्थाले औपचारिक कार्यक्रम गरी ताज पहिर्याइएको हो।
नायिका करिश्मा मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयजना भएको थियो। ब्लाइन्ड रक्सले देशैभरि छरिएर रहेका दिष्टिविहीनको क्षमतालाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्ने मानन्धरले बताइन्। यस्तो कार्यक्रममा सहभागी हुन पाउनु आफ्नो लागि सौभाग्य भएको पनि उनले बताइन्।
कार्यक्रममा सातै प्रदेशबाट छानिएर आएकाहरूमध्ये अन्तिम चरणमा पुगेका २१ जना प्रतिस्पर्धीले क्याटवार्क गरेका थिए। कार्यक्रममा ब्लाइन्ड रक्स नामक संस्थाका अध्यक्ष सृष्टि केसीले दृष्टिविहीन तथा अपांगता भएकालाई समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने बताइन्। यस कार्यक्रमलाई सघाउने सबैलाई धन्यवाद दिइन्।
मिस्टर एण्ड मिस ब्लाइन्ड रकर्स सिजन ३ को उपाधि सिन्धुपाल्चोकका किरण दाहाल र इलामकी समी लावतीले जितेका थिए। कोरोना महामारीका कारण संस्थाले भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरेको थियो।
दृष्टिविहीनको अधिकारका लागि क्रियाशील व्यक्ति डाक्टर वीरेन्द्र राज पोख्रेल, संचारकर्मि माल्भिका सुब्बा र मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार निर्णायक थिए।
भाग्य या कर्म केमा विश्वास गर्नुहुन्छ भन्ने प्रश्नमा तार्किक जवाफ दिएर किरण दाहाल १५ हजार नगदसहित मिस्टर ब्लाइन्ड रकर्स बनेका थिए भने बम बहादुर विक १० हजार नगदसहित फस्ट रनर अप भएका थिए भने ५ हजार नगदसहित कुशल न्यौपाने सेकेन्ड रनरअप बन्न सफल भएका थिए।
यसैगरी १५ हजार नगदसहित लावतीले मिस ब्लाइन्ड रकर्सको उपाधि हात पारेकी थिइन्। १० हजार रुपैयाँ नगदसहित श्रुति रानामगर फस्ट रनर अप र ५ हजार नगदसहित रोजिना पोख्रेलले सेकेन्ड रनरअपको उपाधि हात पारेका थिए।
दृष्टिविहीन तथा अपांगता भएकाको अधिकारका लागि स्थापित ब्लाइन्ड रक्सले उनीहरूलाई समाजमा आर्थिक समाजिक रूपमा स्थापित गर्ने काम गर्दै आएको छ।
Facebook Comment
Comment