फिफा वरीयता सुधार्नेगरी खेल्छौंः अब्दुल्ला अलमुताइरी

नेपालभ्युज

फिफा वरीयता सुधार्नेगरी खेल्छौंः अब्दुल्ला अलमुताइरी

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ कार्यक्रममा केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरेको नेपालले फिफा वरीयतामा सुधार हुने गरी प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताएका छन्।

एन्फाले मुख्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरेर थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई बिदाइ गरेको हो। नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रीपूर्ण खेल्दै छ।

नेपालले चैत १० गते थाईल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लब चोनबुरीसँग मैत्रीपूर्ण खेल्दैछ।  इण्डोनेशिया र जोर्डन जत्तिकै थाइल्यान्ड भएकाले आफ्नो टोली जित या बराबरीका लागि खेल्ने बिदाइ कार्यक्रममा प्रशिक्षक अलमुताइरीले बताए।

राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका राष्ट्रिय टोलीले थाइल्याण्ड भ्रमण गर्न लागेको हो। मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्प्यिन मच्छिन्द्रका खेलाडीबिना मैत्रीपूर्ण खेलका लागि टोली बनाएका थिए। नेपाली टोलीले आगामी १० चैतमा थाइल्याण्डको राष्ट्रिय टोली र १३ चैतमा चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। दुवै खेल चोनबुरीको मैदानमा हुँदैछन्।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो। एएफपसी छनोटमा नेपाल समूह ए मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन र खेल कुवेतमा हुनेछन्।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved