आज रातिको एल क्लासिकोः बार्सिलोनाका यी खेलाडी मैदानबाहिर

नेपालभ्युज

आज रातिको एल क्लासिकोः बार्सिलोनाका यी खेलाडी मैदानबाहिर

काठमाडौं । बहुप्रतीक्षित एल क्लासिको आज राति रियल मड्रिडको मैदान सान्टियागो बेर्नाबाउमा पौने २ बजे हुँदैछ। जारी सिजनको ला लिगामा यी दुई टिमको यो दोस्रो भेट हुनेछ।

अघिल्लो पटक बार्सिलोनाको मैदानमा रियलले ३-२ गोलअन्तरले विजयी भएको थियो।

आज राति हुने खेलमा प्रशिक्षक जाभीले आफ्नो २३ सदस्यीय टोलीको सूची घोषणा गरेका छन्। जहाँ जेरार्ड पिकेलाई समावेश गर्दै म्याड्रिडको यात्रा गर्नेछन्। युरोपा लिगमा गालाटासरेलाई हराउने क्रममा सामान्य चोट लागे पनि उनी आज राति मैदानमा हुने जाभीले घोषणा गरेका छन्।

त्यस्तै आज सर्जियो डेस्ट चोटका कारण मैदानमा हुनेछैनन् भने युवा स्ट्राइकर अन्सु फाती, सर्जियो रोबर्टो र स्यामुअल उम्मटिटी पनि चोटमुक्त भएर टिममा फर्कनन् सकेका छैनन्।

अन्य खेलाडी यथावत् रहेका जाभीले घोषणा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved