आजदेखि म्यादी प्रहरीमा भर्ना खुल्यो, ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त

म्यादी प्रहरीमा आजदेखि दरखास्त दिन पाइने भएको छ। ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो।

नेपालभ्युज

आजदेखि म्यादी प्रहरीमा भर्ना खुल्यो, ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त
फाइल तश्वीर

काठमाडौं। वैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीमा आजदेखि दरखास्त दिन पाइने भएको छ। ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो।
यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्।
भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख छ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो।
म्यादीका लागि ४० दिन कार्यविधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।

म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट शुरु हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण शुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान÷निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मीलाई छनोटमा प्राथमिकता दिइने मापदण्ड छ।
विदेशस्थित सुरक्षा निकायबाट अवकाश÷उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई पनि म्यादी छनोटमा प्राथमिकता दिइने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved