आज पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आइतबार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

नेपालभ्युज

आज पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आइतबार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अन्य भू–भागमा पनि आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा सम्भावना पनि छ। हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ। राति पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved