त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

नेपालभ्युज

त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

काठमाडौं। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ। आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ।

“सर्वोच्च अदालतबाट विज्ञापन नं ७०१-२०७७-७८ देखि ८२८-०७७-७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नू/नगराउनू भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णयबमोजिम उक्त परीक्षा हाललाई स्थगित गरिएको छ”, सूचनामा भनिएको छ।

यही चैत ८ गतेदेखि आयोगको उपप्रध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्ने तयारी थियो। त्रिवि आयोगले सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गरिने जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved