फागुनमा २२ अर्ब थपियो वचत, १७ अर्ब कर्जा विस्तार

वाणिज्य बैंकहरूसँग कुल ४३ खर्ब ३३ अर्ब रूपैयाँ संकलन भएको छ। यस्तै बैंकहरू अहिलेसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा विस्तार गरिसकेका छन्।

नेपालभ्युज

फागुनमा २२ अर्ब थपियो वचत, १७ अर्ब कर्जा विस्तार

काठमाडौं। चालु आर्थिक वर्षको आठौँ महीना फागुनमा वाणिज्य बैंकहरूमा २२ अर्ब निक्षेप थपिएको छ। यस अवधिमा कर्जा विस्तार भने १७ अर्ब रूपैयाँ भएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूले कुल ४३ खर्ब ३३ अर्ब रूपैयाँ संकलन गरेका छन्। यस्तै बैंकहरूले अहिलेसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा विस्तार गरिसकेका छन्।

फागुन महीनामा १० बैंकको निक्षेप घटे पनि बाँकीले वचत बढाएका छन्। निक्षेप बढाउन सफल भएका बैंकहरूमा माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, एनआइसी एशिया बैंक अगाडि छन्। यसैगरी निक्षेप घटेका बैंकहरूमा नबिल, एभरेष्ट, सिद्धार्थ, लक्ष्मी, कुमारी, सिभिल, प्राइमलगायत बैंक रहेका छन्।

यो अवधिमा कर्जा विस्तार गर्नमा पनि राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया, नेपाल बैंक अगाडि रहेका छन्। राष्ट्रिय वाणिज्य बैंकले ७ अर्बले ऋण बढाएको छ। १० वटा बैंकको कर्जा विस्तार पनि बघेको तथ्यांक देखिनेछ। तीमध्ये माछापुच्छ्रे, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन लगायतका बैंकहरू रहेका छन्।

फागुन अन्तिम साता निक्षेप ७ अर्बले बढ्दा ऋण ३ अर्ब रुपैयाँले मात्र बढेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved