वडाअध्यक्ष अनुपस्थित भएपछि कार्यालयमा तोडफोड

अहिले वडा कार्यालय तनावग्रस्त अवस्थामा रहेको छ।।एमाले निकट युवाहरूले तोडफोडको विरुद्धमा नारबाजी गरिरहेका छन्।

नेपालभ्युज

वडाअध्यक्ष अनुपस्थित भएपछि कार्यालयमा तोडफोड
फाइल फोटो

हेटौँडा। बागमती प्रदेश राजधानी हेटौंडा–८ को वडा कार्यालयमा तोडफोड भएको छ।

वडाअध्यक्ष गोपालबहादुर श्रेष्ठ कार्यालयमा नबसेको र सेवाग्राहीलाई पूर्णरूपमा वेवास्ता गरेको आरोप लगाउँदै स्थानीय युवाहरूले तोडफोड गरेका हुन्। उनीहरूले वडा अध्यक्षको कुर्सी सडकमा ल्याएर फालेका छन्। स्थानीय युवाहरूले सेवामा पक्षपात गरेको आरोप लगाउँदै तोडफोड गरेका हुन्।

अहिले वडा कार्यालय तनावग्रस्त अवस्थामा रहेको छ।

तोडफोडपछि एमाले निकट युवाहरूले तोडफोडको विरुद्धमा नारबाजी गरिरहेका छन्। वडा अध्यक्ष एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्। स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीको उपस्थिति बढाइएको इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक अनिश अधिकारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved