युक्रेन आक्रमणको २३ औँ दिन चर्चित अभिनेत्रीको ज्यान गयो

रुसी सेनाले युक्रेनको किभमा रकेट आक्रमण गर्दा युक्रेनकी चर्चित अभिनेत्री ओकसाना स्वगेट्सको मृत्यु भएको छ।

नेपालभ्युज

युक्रेन आक्रमणको २३ औँ दिन चर्चित अभिनेत्रीको ज्यान गयो

काठमाडौं। रुसी सेनाले युक्रेनको किभमा रकेट आक्रमण गर्दा युक्रेनकी चर्चित अभिनेत्री ओकसाना स्वगेट्सको मृत्यु भएको छ। यंग थिएटर ग्रुपले ओक्सानको निधन भएको पुष्टि गरेको हो।
द हलिउड रिपोर्टका अनुसार ओक्साना ६७ वर्षकी थिइन्। उनलाई युक्रेनको सर्वोच्च कलात्मक सम्मान ‘अनर्ड आर्टिष्ट अफ युक्रेन’ बाट सम्मान गरिएको थियो।
त्यस्तै रुसी सेनाको गोलीबारीमा अमेरिकी तथा युक्रेनी कयौँ नागरिकले ज्यान गुमाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ठग र हत्यारा तानाशाहको संज्ञा दिएका छन्। बिहीबार मात्रै खार्किवको बाहिरी क्षेत्रमा एक स्कुलमा रुसी सेनाले हमला गर्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved