७९ दललाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको निर्णय

नेपालभ्युज

७९ दललाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको निर्णय

काठमाडौं। निर्वाचन आयोगले ७९ दललाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको निर्णय गरेको छ। आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दल (नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले, नेकपा समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी) बाहेक ७३ ओटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिह्न प्रदान गर्ने निर्णय आयोगले गरेको हो।

बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७३ वटा राजनीतिक दलहरुलाई आफ्नो दलको निर्वाचन चिह्न प्राप्त गर्नका लागि जिल्ला स्तरको संगठन संरचना जिल्ला समितिको विवरण २०७८ को चैत्र ६ गतेभित्र पेस गर्न पत्राचार गरिएको पनि बताए।

यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरुले स्वेच्छिक चिह्न लिएर उठ्नुपर्ने प्रावधान थियो।

प्रवक्ता पौडेलले आगामी स्थानीय निर्वाचन २०७९ लागि निर्वाचनको समयमा निर्वाचन समितिको प्रतिलिपि २० लाख रुपैयाँको सामुहिक दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिसकेको पनि बताए।

स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामवली, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्रीहरू छपाइका लागि आजबाट ६ ओटा प्याकेजमा ई-ब्रिडिङको माध्यमबाट खरिद गर्न पनि आयोगले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved