प्रस्तावित राजदूत शर्माको नाममा आयो एग्रिमो

यसअघि, अमेरिकाका लागि समेत राजदूत भइसकेका शर्मा राष्ट्रिय योजना आयोजका उपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन्।

नेपालभ्युज

प्रस्तावित राजदूत शर्माको नाममा आयो एग्रिमो

काठमाडौं। नेपाल सरकारले भारतका लागि राजदूत सिफारिस गरेका डा. शंकर शर्माको नाममा एग्रिमो आएको छ।

भारतको विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयमा शर्माको नाममा एग्रिमो पठाएको हो। ११ कात्तिकमा भारतका लागि राजदूत सिफारिस भएका शर्माको २२ मंसीरमा संसदीय सुनुवाइ भएको थियो।

उनीसँगै बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस भएका ज्ञानचन्द्र आर्चाय र श्रीधर खत्री राजदूत नियुक्तिसँगै सम्बन्धित देश पुगिसकेको छन्। शर्माको नाममा भने हालसम्म एग्रिमो नआएकोमा बुधबार भने भारतले सहमति पठाएको हो।

भारतबाट एग्रिमो आएसँगै शर्मा भारत लागि राजदूतको हैसियतमा जाने बाटो खुलेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतको शपथ गराएसँगै शर्मा राजदूतको हैसियतमा भारत प्रस्थान गर्नेछन्।

यसअघि, अमेरिकाका लागि समेत राजदूत भइसकेका शर्मा राष्ट्रिय योजना आयोजका उपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved