तीन देशका प्रधानमन्त्री जोखिमपूर्ण रेल यात्रा गरेर युक्रेनमा

पोल्यान्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका छन्।

नेपालभ्युज

तीन देशका प्रधानमन्त्री जोखिमपूर्ण रेल यात्रा गरेर युक्रेनमा
युक्रेनको राजधानी किएभमा तीन देशका प्रधानमन्त्री तथा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसहितको वार्ता।

काठमाडौं। युद्धग्रस्त युक्रेनमा छिमेकी तीन देशका प्रधानमन्त्रीहरू सुरक्षा चुनौती चिरेर राजधानी किएभ पुगेका छन्। पोल्यान्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका छन्।
सैन्य विमानमा यात्रा गर्दा रुसको तर्फबाट जोखिम हुने भएकाले तीन देशका प्रधानमन्त्रीले जोखिम उठाएर रेल यात्रा गरेर किएभ पुगेका हुन्। उनीहरु पोल्यान्डको वार्साबाट रेलमा लामो यात्रा तय गरेर त्यहाँ पुगेका हुन्।
राजधानी किएभमा कर्फ्यू कायम रहँदा उनीहरूले युक्रेनमा रहेको जेलेन्स्कीलाई भेटेर बताएका हुन्। युरोपियन युनियनले गम्भीर सुरक्षा चुनौती रहेको चेतावनी दिएको थियो। तर, पोल्यान्डको योजनामा तीन देशका प्रधानमन्त्री जेलेन्स्कीसँगको भेटका लागि युक्रेन पुगेका हुन्। चेक गणतन्त्रका प्रधानमन्त्री पित्र फिलाले युक्रेन आफ्नो देशको स्वतन्त्रता रक्षाका लागि लडिरहेको बताएका छन्।

उनले जेलेन्स्कीसँगको भेटपछि ट्विट गरेका छन्, ‘‘हामी तपाईँहरूको साहसी युद्धको सम्मान गर्छौँ । हामीलाई थाहा छ कि तपाईँहरू हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाईँहरू एक्लो हुनुहुन्न, हाम्रो देश तपाईँसँग छ।’’ युक्रेनका राष्ट्रपति जेलेन्स्कीले तीन देशका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै ‘तपाईँहरूको यात्रा युक्रेनका लागि समर्थनको शक्तिशाली प्रदर्शन हो’ भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved