आईसीसी क्रिकेट विश्वकप लिग टु: नेपाल पपुवा न्युगिनीविरुद्ध भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा आज नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

नेपालभ्युज

आईसीसी क्रिकेट विश्वकप लिग टु: नेपाल पपुवा न्युगिनीविरुद्ध भिड्दै

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा आज नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। यो खेल यूएईस्थित सारजाहमा हुनेछ। खेल बिहान सवा ११ बजे शुरु हुनेछ।
सन्दीप लामिछाने कप्तानीको नेपालले पीएनजीविरुद्ध दुई खेल खेल्नेछ। नेपाल पीएनजीलाई हराएर सिरिजको सुखद सुरुवात गर्न चाहन्छ।
यसअघि नेपालले गत भदौमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो।
नेपालले दोस्रो खेल मार्च १८ मा यूएईविरुद्ध खेल्नेछ। यूएईसँगको अर्को खेल भने मार्च २१ मा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved