कीर्तिपुर स्वबासीका ३२ परिवारले पाए जग्गाधनी पूर्जा

नेपालभ्युज

कीर्तिपुर स्वबासीका ३२ परिवारले पाए जग्गाधनी पूर्जा

काठमाडौं । सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तीमा स्वबासीलाई जग्गा धनी प्रमाण पत्र लालपूर्जा वितरण गरेको छ।

२०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरी मंगलबार लालपुर्जा वितरण गरिएको हो। नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले लालपुर्जा वितरण गरेकी हुन्।

लालपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिहीन नागरिकलाई जमीन उपलब्ध गराउने पहिलो प्राथमिता रहेको बताइन्। उनले भूमिहीन नागरिकलाई जग्गा दिने चार महीनाको अभियानमा १५ हजार नागरिकलाई लालपूर्जा वितरण गरि सकिएको जानकारी दिइन्।

मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगमार्फत अहिले रहेको भूमिहीन समस्या सदाका लागि अन्त्य गर्ने गरी काम गरिरहेको बताइन्। कीर्तिपुरका स्वबासीका जनतालाई यो वर्षको कार्यक्रम नै नभएको बजेट तथा कर्मचारी अभावबीच तत्काल जग्गा नापी गरेर भूमिहीन जनतालाई जग्गाको लालपूर्जा वितरण गरिएको बताइन्।

मन्त्री श्रेष्ठले जग्गा पूर्जा वितरण गर्न खोज्यो भने गर्न सकिने रहेछ भन्ने एउटा उदाहरण भएको पनि बताइन्।

पुर्जा वितरण कार्यक्रममा काठमाडौं १० नं. क्षेत्रका सांसद राजेन्द्र कुमार केसी, प्रदेश सभा सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती रिजाल खड्कालगायत ५ वडाका पदाधिकारीहरू नापी विभाग, नापी कार्यालय, कलंकीका कर्मचारीहरूको उपस्थिति थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved