उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्री खाँणको आग्रह : एमसीसीको पक्षमा बोलिदिनुस्

मन्त्री खाँणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसद्बाट पारित गराएको उल्लेख गर्दै त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका हुन्।

नेपालभ्युज

उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्री खाँणको आग्रह : एमसीसीको पक्षमा बोलिदिनुस्
फाइल फोटो

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई पनि आग्रह गरेका छन्।

मन्त्री खाँणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसद्बाट पारित गराएको उल्लेख गर्दै त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका हुन्।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खाँणले प्रेस फ्रिडम, मानव अधिकारको रक्षा र निर्वाचनको माध्यामबाट सरकार बनाउने मुलुकले मात्रै एमसीसी परियोजना प्रस्ताव गर्न पाउने भएकाले त्यसले देश र जनताको हित नहुने भन्ने प्रश्नै नउठ्ने तर्कसमेत गरे।

एमसीसी परियोजना घरघरमा बिजुली पुर्‍याउनका लागि ट्रान्समिसन लाइन बनाउने परियोजना भएको भन्दै गृहमन्त्री खाँणले त्यसमा कसरी राष्ट्रघात भयो भनि प्रश्न गरे। उनले केहीले एमसीसी आए अमेरिकी सेना र गोलाबारुद आउने आशंका गरेकोमा पनि आपत्ति जनाए।

बिजुलीको ट्रान्समिसन लाइन बनाउने सो परियोजनाबाट अमेरिकी सेना र गोलाबारुद नआउने खाँणको भनाइ छ। उनले भने, “सबैको सहमतिबाटै एमसीसी प्रस्ताव पास भएको छ। एमसीसीबारे धेरै नै प्रतिक्रियाहरु आयो। संसदबाट पास गर्नुभन्दा अगाडि आयो, धेरै प्रतिक्रियाहरु। तर हामीलाई यो एमसीसी प्रस्ताव पारित गर्नै पर्‍यो क्या।”

गृहमन्त्री खाँणले उपभोक्ता हितलाई ध्यानमा राखेर सरकारले बिजुलीको खपत बढाउने र पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्दै लैजाने नीति लिएको पनि स्पष्ट पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved