राष्ट्रपति भण्डारी र साउदी परराष्ट्रमन्त्री साउदबीच भेट

नेपालभ्युज

राष्ट्रपति भण्डारी र साउदी परराष्ट्रमन्त्री साउदबीच भेट

काठमाडौं। नेपालको दुई दिने भ्रमणमा आएका साउदी अरेबियाका परराष्ट्रमन्त्री एवं राजकुमार फैजल बिन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रपति निवासमा भएको भेटवार्तामा आपसी हित र चासोका विषयमा छलफल भएको छ।

भेटपछि राष्ट्रपति निवासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो।’

यसअघि, नेपाल भ्रमणमा रहेका साउदी राजकुमारले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गरेका थिए।

श्रीलंका भ्रमणबाट नेपाल भ्रमणमा आएका उनी आज बंगलादेश प्रस्थान गर्दै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved