रूस-युक्रेन तनाव : दिनदिनै वार्ता, लगातार विस्फोट

युक्रेनको राजधानी किभको केन्द्रमा आज बिहानै कम्तिमा तीनओटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले उल्लेख गरेका छन्।

नेपालभ्युज

रूस-युक्रेन तनाव : दिनदिनै वार्ता, लगातार विस्फोट
रूस-युक्रेन युद्धको एक तस्वीर।

काठमाडौं। रूस र युक्रेनबीच तनाव र आक्रमणका बीच निरन्तर वार्ता भइरहेको बताइएको छ। रूसी प्रतिनिधिमण्डलले दुई देशबीच लगातार वार्ता भइरहेको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

युक्रेनमाथि रूसी हमलाको १९ औँ दिन भइसकेको छ। यसबीचमा युक्रेनले पनि रूसी भूभागमा आक्रमण गरिरहेको रूसले दाबी गरेको छ। तर, दुवै देशका आक्रमण र प्रतिकारका बीच शान्ति वार्ता पनि जारी रहेको हो।

रूस–युक्रेन वार्ता प्रत्येक दिन भिडिओ ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले बताएका छन्।

‘हरेक दिन, हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडिओमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ,’ मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका छन्।

मेडिन्स्कीले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको बताएका छन्।

यसबीच, युक्रेनी भूभागमा रूसी आक्रमण जारी रहेको छ। युक्रेनको राजधानी किभको केन्द्रमा आज बिहानै कम्तिमा तीनओटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले उल्लेख गरेका छन्।

किभमा भएको विस्फोटको कारण भने थाहा हुन सकेको छैन। एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved