लयमा फर्किँदै बार्सिलोना, तेस्रो स्थानमा उक्लियो

नेपालभ्युज

लयमा फर्किँदै बार्सिलोना, तेस्रो स्थानमा उक्लियो

काठमाडौं। बिस्तारै लयमा फर्किरहेको बार्सिलोनाले ओसासुन्नालाई ४–० गोलअन्तरले पराजित गर्दै स्पानिस लिगको तेस्रो स्थानमा उक्लिएको छ। जारी लिगमा लगातार चौथो जित हात पर्ने क्रममा बार्साका लागि फेरेन टोरेजले दुई गोल गरेका थिए।

पूर्व म्यान्चेष्टर सिटी स्ट्राइकर टोरेजले खेलको १४ औं मिनेटमा पेनाल्टीमार्फत खाता खोलेका थिए। यसपछि २१ औं मिनेटमा उनले डेम्बेलेको पासमा खेलमा लगातार दोस्रो गोल गरे।

डेम्बले कै अशिष्टमा २७ औं मिनेटमा अबामयाङले अर्को गोल गर्दा पहिलो हाफमा बार्साले ३–० को अग्रता बनाएको थियो। आर्सनलबाट बार्सिलोना गएपछिको छैठौं लिग खेलमा अबामयाङको यो पाँचौ गोल थियो।

यसपछि खेलको ७५ औ मिनेटमा रिकुई पुइगले अर्को गोल गर्दै बार्सिलोनाको जित पक्का गरेका थिए। यो जितपछि २७ खेलमा ५१ अंक जोड्दै बार्सा लिगको तेस्रो स्थानमा उक्लेको छ। लिग लिडर रियल मड्रिडको समान खेलबाट ६३ अंक छ। एक खेल बढि खेलेको सेभिया ५६ अंक सहित दोस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved