धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीले आफ्नै तागतमा निर्वाचन जित्ने गरी तयारी गरिरहेका बताएका छन्। सोमबार धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ”आफ्नै तागतमा निर्वाचन जित्ने गरी निर्वाचनमा जान्छौ, त्यसबाहेक गठबन्धन वैकल्पिक कुरा हुन्।”
उनले सत्ता गठबन्धनमा कुनै समस्या भने नरहेको बताए। ”गठबन्धमा कुनै अप्ठ्यारो तितो छैन् राम्रै चलिरहेको छ। सुदूरपश्चिममा सरकार गठन गर्ने र कांग्रेसलाई सरकारमा सहभागी गराउनुपर्ने जरुरी रहेको छ। त्यसको लागि माधव जीहरुले ध्यान दिनुपर्ने जरुरी छ। उनले भने कांग्रेसलाई पनि सहभागी गराउने सहमति भइसकेको छ र कुन मन्त्रालय र कति जना भन्ने टुगिंन बाँकी छ।”
सुदुरपश्चिम प्रदेशस्तरीय नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिनका लागि प्रचण्ड धनगढी आएका हुन्। उनीसँगै अर्का नेता नारायणकाजी श्रेष्ठ पनि धनगढी आएका छन्।
Facebook Comment
Comment