कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्र प्रसाद सिंह निर्वाचित

नेपालभ्युज

कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्र प्रसाद सिंह निर्वाचित

जनकपुरधाम। नेपाली कांग्रेस सर्लाहीको १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा संस्थापन पक्षका सुरेन्द्र प्रसाद सिंह निर्वाचित भएका छन्।
संस्थापन ईतरबाट उपसभापतिमा नवीन अधिकारी एकमात्र उम्मेद्वार निर्वाचित भएका छन्। यसबाहेक निर्वाचित हुने सबै पदाधिकारी संस्थापन पक्षका हुन्।

सभापतिमा विजयी सिंहले संस्थापन ईतरका प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याए। ३ हजार २७५ मत मध्ये ३ हजार १७४ मत खसेकामा बदर बाहेक सिंहले १ हजार ७५८ मत ल्याउँदा रायले १ हजार ३७८ मत मात्र पाए।

त्यस्तै उप-सभापतिमा संस्थापनकै डा. सरोज कुमार (राजु) १ हजार ७६४ र संस्थापन ईतरका नविन अधिकारी १ हजार ४९३ मतका साथ विजयी भए भने उपसभापतिमा पराजित संस्थापनका शेख सदुल्लाहले १ हजार ४७४ र ईतरका रविनन्दन चौधरीले १ हजार ३१४ मत मात्र प्राप्त गरे। उपसभापति विजयी र पदाधिकारीमा सबैभन्दा बढी लोकप्रिय मत ल्याउने डा. सरोज निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार रायका छोरा हुन्।

त्यस्तै सचिवमा संस्थापनका निरज कार्की १ हजार ७२६ र मनोज यादव १ हजार ४२६ मतका साथ विजयी भए। ईतरबाट सचिवका प्रत्यासी कृष्णराज रायमाझीले १ हजार ४१२ र नरेन्द्र भट्टराईले १ हजार ३९९ मत मात्र पाए।

त्यसैगरी सह(सचिवमा संस्थापनकै ईन्द्र बहादुर योञ्जन १ हजार ७११ र सुनिल कुमार कुशवाहा १ हजार ५७९ मत सहित विजयी भएका छन्। ईतरका सुर्य बहादुर खड्का १ हजार ३६५ र दिनेश मिश्र १ हजार २३७ मत मात्र पाउँदा पराजित भए।

आईतबार राती नै जिल्ला निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विजयी सभापति सिंह सहित पदाधिकारीलाई बधाई दिए। नवनिर्वाचित सभापति सिंहले अब पार्टीलाई गुटउपगुट तथा कसैलाई काख र कसैलाई पाखा नगरी एकढिक्का बनाउने प्रतिबद्धता जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved