इंलिस प्रिमियर लिगमा लेस्टर सिटीलाई हराउँदै आर्सनल शीर्ष चारमा

नेपाल भ्युज

इंलिस प्रिमियर लिगमा लेस्टर सिटीलाई हराउँदै आर्सनल शीर्ष चारमा

एजेन्सी। इंलिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–० ले हराउँदै आर्सनल चौथो स्थानमा उक्लेको छ। पछिल्लो ५ खेलमा लगातार विजयी भइरहेको आर्सनलले लेस्टरलाई हराएर च्याम्पियन्स लिगमा छनोट हुने बलियो दाबेदारी प्रस्तुत गरेको हो।

आर्सनलबाट थोमस पार्टेले ११ र एलेक्‍र्‍‍यान्द्रे लाकाजेटी ५४ औं मिनेटमा गरी एक एक गोल गरे। जीतसँगै आर्सनलले लिगमा ५१ अंक जोडेको छ। तेस्रो स्थानको चेल्सीभन्दा आर्सनल दुई अंकले पछि छ।

तर चेल्सीले २८ खेल खेलिसक्दा आर्सनलले २६ खेलमात्रै खेलेको छ। त्यसैगरी २९ खेल खेलिसकेको म्यानचेस्टर युनाइटेड ५० अंकसहित पाँचौ स्थानमा छ।

लिगमा २८ खेलबाट ६९ अंकसहित म्यानचेस्टर सिटी पहिलो र समान खेलबाट ६६ अंकसहित लिभरपुल दोस्रो स्थानमा छन्। आर्सनलले आगामी खेलमा लिभरपुलको सामना गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved