आज राति बार्सिलोनालाई तेस्रो स्थानमा उक्लिने अवसर

नेपालभ्युज

आज राति बार्सिलोनालाई तेस्रो स्थानमा उक्लिने अवसर

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आज राति पौने २ बजे बार्सिलोनाले घरेलु मैदानमा ओसासुनासँग खेल्दै छ।

आज राति जित निकाल्न सके बार्सिलोनाले तेस्रो स्थानमा उक्लिनेछ। लिगमा लगातार १० खेल अपराजित रहेको बार्सिलोनासँग २६ खेलबाट ४८ अंक छ। तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड भने २८ खेलबाट ५१ अंक छ। बार्सिलोनाले आज राति जिन निकाल्न सके एट्लेटिको समाना अंक बनाउनेछ र गोलअन्तरका आधारमा उसलाई उछिन्ने छ।

लिगमा ४ हार बेहोरिसकेको बार्सिलोलाने पछिल्ला खेलहरूमा सुधार गर्दै लगेको छ। खासगरी आर्सनलबाट ल्याइएका पिरे एमरिक अयुबमियाङको प्रदर्शनले बार्सिलोनाको गोल खँडेरी टारिरहेका छन्। इल्चेको मैदानमा भएको अघिल्लो खेलमा बार्सिलोनाले पछि परिसकेको अवस्था उल्ट्याएको थियो।

लिगको शीर्ष स्थानमा २७ खेलबाट ६३ अंकसहित रियल मड्रिड यथावत् छ भने सेभिल्लाले सेभिल्ला २७ खेलबाट ५६ अंकसहित दोस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved