डिशहोम फाइबरनेटका प्रयोगकर्ता एक लाख पुगे

नेपालभ्युज

डिशहोम फाइबरनेटका प्रयोगकर्ता एक लाख पुगे

काठमाडौं। डिशहोमले सुरुवात गरेको डिशहोम फाइवरनेटको ग्राहक संख्या एकलाख पुगेको छ।

चुस्त दुरुस्त सेवा देशभर पुर्‍याउने लक्ष्य लिएर सुरु गरिएको डिशहोम फाइवरनेटले एक लाख ग्राहक पुगेको अवसरमा आफ्नो कार्यालयमा विशेष कार्यक्रम आयोजना गर्दै केक काटेर खुसीयाली मनाएको छ।

कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले डिशहोम देशभर सेवा दिन तयार रहेको बताए। उनले छिट्टै थप ग्राहकहरुलाई सेवा दिंदै ग्राहक संख्या गुणात्मकमा बिस्तार गर्दै जानुपर्ने विचार राखे।

आउँदो समय ग्राहक संख्या बिस्तारसँगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण पनि उनले गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved