देशभरका सात उत्कृष्ट नगरपालिका छनोट

नेपालभ्युज

देशभरका सात उत्कृष्ट नगरपालिका छनोट

सर्लाही। सर्लाहीको हरिवनसहित नेपाल नगरपालिका संघले देशभरका उत्कृष्ट सात नगरपालिका छनोट गरेको छ। हरिवन स्थानीय आर्थिक विकासतर्फ उत्कृष्ट बनेको हो।

संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भए।

यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका तथा वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बन्यो।

साथै सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved