अनुपख खेर अभिनित फिल्म ‘द कश्मीर फाइल्स’ बक्स अफिसमा हिट, मोदीले गरे तारिफ

नेपालभ्युज

अनुपख खेर अभिनित फिल्म ‘द कश्मीर फाइल्स’ बक्स अफिसमा हिट, मोदीले गरे तारिफ

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको विवेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ को भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तारिफ गरेका छन्।

फिल्मका निर्माता अभिषेक अग्रवालले मोदीलाई भेटको तस्बिर शेयर गर्दै यसबारे जानकारी गराएका हुन्। फिल्म रिलिजको दोस्रो दिन अर्थात् शनिबार देशभर बक्स अफिसमा यसले ८ करोड ५० लाख भारु कलेक्सन गरेको छ। पहिलो दिन फिल्मले ३.५५ करोड कमाएको थियो।

यस हिसाबले दोस्रो दिन फिल्मको व्यापार १३९.४४ प्रतिशतले बढेको छ। यो सन् २०२० यता एकै दिनमा फिल्मको सबैभन्दा धेरै वृद्धि हो। योसँगै फिल्मले भारतमा २ दिनमा अहिलेसम्म १२.०५ करोडको व्यापार गरेको छ। आइतबार फिल्मको कलेक्सन अझै बढ्ने अनुमान गरिएको छ।

फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार र पल्लवी जोशीको मुख्य भूमिका छ। कश्मीरमा भएका घटनामा कश्मीरी पण्डितहरू कसरी पीडित भएका थिए फिल्मले देखाउने प्रयत्न गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved