काठमाडौं। नेकपा (एमाले) ले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद र नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध परेको रिट सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुने भएको छ।
आइतबार सुनुवाइका लागि पेसी तोकिएपछि भएको सुनुवाइमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको इजलासले यसलाई टुंग्याउन पूर्ण सुनुवाइ गर्ने निर्णय गरेको हो सर्वोच्च स्रोतले बताएको छ।
अब यी रिटमा अन्तिम सुनुवाइ हुनेछ। उक्त सुनुवाइ सकिएपछि फैसला आउने छ। यसअघि पनि पटकपटक पेसी तोकेर रिटमाथि सुनुवाइ हुन सकेको थिएन।
माधव नेपालले एमाले बाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) दर्ता गरेका थिए। यस क्रममा एमालेले माधव नेपालसँगै गएका १४ जनालाई कारबाही माग गर्दै सर्वोच्चमा रिट हालेको थियो। एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोग र सभामुखलगायतलाई विपक्षी बनाएर गत १७ भदौमा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।
आफ्ना कारबाही गरिएका १४ सांसदको पद निलम्बन गर्नुपर्ने एमालेको माग छ। तर समाजवादीका सांसद कायम गरिदिएको भन्दै सभामुख अग्नि सापकोटा र पार्टीले कारबाही सिफारिस गरेका दुई लुम्बिनी प्रदेश सांसदलाई प्रदेश सभामुखले निलम्बन नगरेको भन्दै एमालेले सर्वोच्मा रिट हालेको थियो।
शीर्षक परिवर्तन गरिएको