सुनको मूल्य प्रतितोला एक लाख २ हजार ८ सय

नेपाल भ्युज

सुनको मूल्य प्रतितोला एक लाख २ हजार ८ सय

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ८०० तोकिएको छ।

अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आज प्रतितोला २०० ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला एक लाख दुई हजार १०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार ४२५ पुगेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved