युक्रेनबाट भागेका नेपाली जर्मनीको जेलमा पुगेपछि…

उद्धारको पहल भइरहेता पनि पछिल्लो समय रूस युक्रेन द्वन्द्व पीडित नेपालीहरू दूतावासको सम्पर्कमा आउन छाडेको राजदूत खड्काले बताए।

नेपालभ्युज

युक्रेनबाट भागेका नेपाली जर्मनीको जेलमा पुगेपछि…
फाइल तस्वीर

लण्डन। २४ फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि त्यसयता निरन्तर युक्रेनी आकाशमा युद्धको बादल मडारिरहेको छ। अहिलेसम्म रूस र युक्रेनबीच रहेको लडाइँले तेस्रो विश्वयुद्धको रूप लिने अनुमानहरू पनि हुन थालेका छन्। रूसले युक्रेनमाथि निरन्तर आक्रमण जारी राखेको छ। जसकारण युक्रेनी नागरिकहरू नजिकका देशमा शरणार्थी बन्न पुगेका छन् भने त्यहाँ रहेका आफ्ना नागरिकको उद्वारका लागि विभिन्न देशहरूले पहल गरिरहेका छन्।

कतिपय युद्धबाट आतंकित मानिसहरू ज्यान जोगाउन नजिकका शहरमा भागेर जान थालेका छन्। नेपालले पनि आफ्ना नागरिकको उद्वार गरिरहेकोमा केहीले अनेक प्रताडना भोग्नुपरेको छ।

यसैबीच युक्रेनबाट भागेर जर्मनी पुगेका युक्रेनबाट भागेर जर्मनीको जेलमा पुगेकासहित विभिन्न ठाउँबाट थप १० जना नेपालीको उद्वार गरिएको छ। युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरू नेपाली दूतावासको पहलमा निस्किएका हुन्। जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काका अनुसार उनीहरूलाई जर्मनीको अध्यायगमन विभागले नियन्त्रणमा लिएको थियो।

दूतावासकाअनुसार नेपाल फर्किएका १० जनामध्ये ४ जनालाई भारतीय सरकारको सहयोगमा उद्वार गरी नेपाल पठाइएको हो। भारतले २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई पोल्याण्डबाट गरी ४ जनालाई भारतीय सरकारले उद्दार गरेको हो।

उद्वारको पहल भइरहेता पनि पछिल्लो समय रूस युक्रेन द्वन्द्व पीडित नेपालीहरू दूतावासको सम्पर्कमा आउन छाडेको राजदूत खड्काले बताए।

रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्वार उच्चस्तरीय समितिको बैठकलाई शनिवार साँझ सम्बोधन गर्दै राजदूत खड्काले केही बिचौलीयाहरूले युरोपका विभिन्न देशमा रहेका नेपालीहरूलाई भित्र्याउन रसिया–बेलारूस युक्रेन हुँदै युरोप ल्याउन दलालहरू सक्रिय भएको हुनसक्ने भन्दै सचेत रहन आग्रह गरे।

यसैबीच युद्धमा अलपत्र परेका नेपालीहरूलाई जर्मनीस्थित नेपाली दूतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ। हालसम्म ५६ जना नेपालीहरूले यात्रा अनुमति पत्र लिएका छन्।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनको लुगानबाट आएका ६ जना विधार्थीहरूलाई उद्वार गरेर सुरक्षित स्थानमा पुराइएको जानकारी दिए। उनले ३५ वर्षदेखि युक्रेनमा बासोबास गर्दै आएका एकजना नेपाली परिवारले समेत युक्रेन छोडेर हिँडेको बताए।

एनआरएनए पोल्याण्डाका महासचिव पवन खड्काले संघले अलपत्र परेका नेपालीहरूलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिए।

यस्तै एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले युद्ध प्रभावित देशमा १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको जानकारी दिए। उनले पीडितको आग्रहअनुसार अधिकांश नेपालीलाई पोर्चुगल पठाइएको बताए। एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले युक्रेनबाट आएका नेपालीहरूको खाना बस्नको लागि आवश्यक सहयोग जुटाउन संघ सक्रिय भइरहेको बताए।

युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरू आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन्। पछिल्लो तथ्यांकअनुसार हालसम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved