पन्जाबमा मोबाइल पसलेले मन्त्री हराए, विजयी कौर स्कुटरबाटै मतदाता भेट्थिन्

नेपालभ्युज

पन्जाबमा मोबाइल पसलेले मन्त्री हराए, विजयी कौर स्कुटरबाटै मतदाता भेट्थिन्

भारतीय विधानसभा निर्वाचनमा वैकल्पिक शक्तिको रूपमा उदाएको आम आदमी पार्टीले दिल्लीपछि पन्जावमा पनि सरकार बनाएको छ। यो पटकको निर्वाचनमा आम आदमीले नयाँ इतिहास बनाउन सक्यो। आम आदमी पार्टीबाट उम्मेदवार बनेर ऐतिहासिक जित निकालेका केही उम्मेदवारहरूको यहाँ चर्चा गरिएको छः-

लाभ सिंह उगोके

पन्जावको भदौर सिटमा कांग्रेसका मुख्यमन्त्री चरणजितसिंह चान्नीलाई ३७ हजार ५५८ मतले पराजित गरेका लाभसिंह उगोके भन्छन्, ‘जब चन्नी भदोरबाट चुनाव लड्न आएँ। म कत्ति पनि चिन्तित थिइनँ, आफ्नो जितमा ढुक्क थिएँ। यो जितको मार्जिन कस्तो होला भन्ने प्रश्न मनमा पक्कै थियो। त्यति पनि परिवर्तन भएको छैन। जितपछि आम आदमी जस्तो हुन्छ म त्यस्तै हुनेछु।

उगोकेले स्थानीय गाउँमा १२ कक्षासम्म पढेका थिए। प्लम्बरमा डिप्लोमा गरेका उनले हरेक पञ्जाबीको जस्तै सपना पनि विदेश गएर जागिर खाने थियो। विद्यालयमा सरसफाइ गर्ने आमा र किसानको घरमा जन्म लिएका उनले घरको अवस्था ठिक हुन्छ भन्ने सोचेका थिए तर त्यो सपना पूरा हुन सकेन।

श्रीमतीले सिलाई गरेर घरखर्च चलाउने गर्थिन्। त्यसपछि उगोकेले गाउँमै मोबाइल मर्मत गर्ने पसल खोले। ३ वर्षपछि पसल बन्द भयो। सन् २०१४ मा भारतीय जनता पार्टीको लहर चल्यो। उगोकेले संगरूर लोकसभाबाट उम्मेद्वार भगवन्त मानको पोलिंग एजेन्टको जिम्मेवारी लिए। जब भगवन्तले जिते, त्यसो प्रत्यक्ष फाइदा उगोकेलाई मिल्यो। त्यसपछि उनीहरूका लागि काम गर्न थाले। सन् २०१९ को लोकसभा चुनावमा पनि उगोके भगवन्तकै साथमा थिए।

यसपटक भने आम आदमीले बर्नालाको भदौर सिटबाट उगोकेलाई उम्देवार बनायो। उनले चुनाव जिते।

चेतन सिंह २

पन्जावको जौडामाजरा समना सिटबाट विधायक बनेका उनी ३ वर्षको हुँदा बुवाको निधन भएको थियो। उनका दाइ प्रीतपाल र आमाले उनको हेरचाह गरे। सन् १९९९ मा चेतन दक्षिण कोरिया गए। त्यहाँ करिब ६-७ वर्ष काम गरे। त्यहाँबाट फर्किएपछि परिवारको रेखदेखका लागि कन्ट्रक्सनको काममा लागे। चेतन भन्छन्, ‘एक समय थियो, स्कुटरसमेत पाउन सकेका थिएनौँ। मसँग एउटा मात्र गाडी छ। त्यसको पनि टायर च्यातिएको थियो। चुनावको टिकट पाएपछि साथीले मलाई स्कर्पियो दिएको थियो। त्यसैले चुनावमा प्रचारप्रसा गरें।

चेतन सन् २०१९ मा हरमन्दिर साहिब दर्शनका लागि गएपछि चर्चामा आएका थिए। बाटोमा अपहरणमा परेकी युवतीलाई बचाउने क्रममा उनलाई अपहरणकारीले हानेको दुई गोली लागेको थियो। तर उनले ती युवतीलाई बचाउन सफल भएका थिए। उनको त्यो साहस देखेर पार्टी अध्यक्ष अरविन्द केजरीवालले विधानसभा चुनावमा उम्मेदवार बनाएका थिए।

नरिन्दर कौर भाराज

भाराजले कानूनमा डिग्री गरेकी छिन्। उनी २०१४ को लोकसभा चुनावमा आम आदमी पार्टीमा सामेल भएकी थिइन्। त्यसबेला भगवन्त मानले पन्जाबको संगरुर लोकसभा सिटबाट आम आदमी पार्टीको टिकटमा चुनाव लडेका थिए।

अकाली दलको प्रभाव यति धेरै थियो कि नरिन्दर कौरको गाउँ भरजमा आम आदमी पार्टीको बुथ पनि खोल्न दिइएको थिएन। तब कौर मात्र १९ वर्षकी थिइन्। उनी अकालीहरूको अगाडि आफ्नो गाउँमा एक्लै बुथ स्थापना गर्न अडिग भइन्।

चुनावपछि भगवन्त मान कौरलाई भेट्न आएका थिए। सन् २०२२ मा संगरूर विधानसभा सिटबाट उनले टिकट पाइन्। प्रतिस्पर्धा कांग्रेसका मन्त्री विजयेन्द्र सिंगलासँग थियो। २४ हजारको सम्पत्ति र एक स्कुटीकी मालिक कौर घरायसी काम सकेर चुनावी प्रचारमा निस्किन्थिन्। उनले स्कुटीबाटै मतदातसँग भेट्थिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved