साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड

नेपाल भ्यूज

साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड

शनिबार (हिजो) साउदी अरेबियामा एकै दिन ८१ जनालाई मृत्युदण्डको सजाय दिइएको छ। जहाँ यमन र सिरियाका नागरिकसमेत छन्। विदेशी आतंकवादी संगठनमा आस्था राखेको आरोप उनीहरूलाई लगाइएको अल जजिराले लेखेको छ।

यसलाई साउदीको इतिहासकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड मानिएको छ।

मत्युदण्ड सजाय सुनाइएकाहरूले निर्दोष पुरुष, महिला र बालबालिकाको हत्या र विभिन्न अपराधमा दोषी ठहरिएका सरकारले जनाएको छ। उनीहरू आईएसआईएस, आईएसआईएल, अल कायदा, हुथी जस्ता आतंकवादी संगठनमा सम्बद्ध रहेको पनि सरकारी दाबी छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved