रोमाञ्चक खेलमा रोनाल्डोको ह्याट्रिक, टोटनह्याम पराजित

नेपालभ्युज

रोमाञ्चक खेलमा रोनाल्डोको ह्याट्रिक, टोटनह्याम पराजित

काठमाडौं। स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा गएराति म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ। प्रिमियर लिगअन्तर्गत युनाइटेडको घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा रोनाल्डोले १२, ३८ र ८१ औं मिनेटमा तीन गोल पूरा गरे।

टोटेनहमले दुई पटक बराबरी गोल फर्काए पनि हार टार्न सकेन। टोटेनहमका लागि ह्यारी केनले पेनाल्टीमा गोल गर्दा अर्को गोल ह्यारी मगाएरको आत्मघाती गोल भयो।

यस जितसँगै युनाइटेड २९ खेलमा ५० अंकसहित चौथो स्थानमा उक्लिएको छ। टोटेनहम भने २७ खेलमा ४५ अन्क्कसाथ सातौं स्थानमा रोकियो। शीर्ष ४ को दौडमा आर्सनल २५ खेलमा ४८ तथा वेस्ट ह्याम २८ खेलमा ४५ अंकसहित प्रतिस्पर्धामा छन्।

रोनाल्डोको करिअरको ५९ औं ह्याट्रिक हो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved