एकढिक्का हुनसके कांग्रेसलाई कसैले हराउन सक्दैन : नेता पौडेल

नेपालभ्युज

एकढिक्का हुनसके कांग्रेसलाई कसैले हराउन सक्दैन : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी एकढिक्का हुन सके आगामी चुनावमा पार्टीलाई कसैले हराउन नसक्ने बताएका छन्।

पार्टीमा आन्तरिक एकताको समस्या रहेको स्वीकार्दै उनले त्यस्तो समस्यालाई सुधारेर पार्टीलाई एकढिक्का बनाएर चुनाव केन्द्रीत हुनुपर्ने बताए।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ (ख) स्तरीय चुनाव केन्द्रीत ‘घर घर जाओैं, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत शनिबार ककनीमा समापन गर्दै पौडेलले पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित्नेहरुले हार्नेलाई पनि समेटेर एकताको भावना प्रस्तुत गर्नुपर्नेमा बताए।

कांग्रेस नै मिल्न नसक्दा नै पार्टीले उल्लेखनीय नतिजा ल्याउन नसकेको विगतलाई कोट्याउँदै उनले यसमा सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए।

उनले पार्टीको अबको मुद्दा आर्थिक विकासको हुनुपर्ने बताए। राजनीतिक मुद्दालाई संस्थागत गर्नका लागि पनि आर्थिक विकास अनिवार्य भएको उनको धारणा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved