एजेन्सी । जर्मनीले यस वर्षको अन्त्यसम्ममा रुसी तेल आयातबाट झण्डै मुक्त हुने लक्ष्य लिएको शनिबार जनाएको छ। युक्रेनमाथिको आक्रमणपछि संयुक्त राज्य अमेरिकालगायत यूरोपेली मुलुकहरूले मस्कोलाई प्रतिबन्ध लगाउने र आर्थिक दबाव सिर्जना गर्ने योजना अघि सारेपनि जर्मनीले तत्काल रूसी तेलमाथिको निर्भरतालाई सम्बोधन गर्न सम्भव नभएको जनाएको हो।
फ्र्¥याङफर्टर आल्जेमाइन जाइटुङले रोबर्ट हाबेकलाई उद्धृत गरी उल्लेख गरेको छ,”हरेक दिन, साँच्चै भन्ने हो भने, हामी हरेक घण्टा रूसी आयातलाई बिदाइ गर्दैछौं। हामी शरद ऋतुसम्ममा रूसी कोइलाबाट स्वतन्त्र हुनेछौं र वर्षको अन्तसम्ममा रूसी तेलमाथिको निर्भरताबाट स्वतन्त्र हुनेछौं।”
जर्मनीले हाल आफ्नो तेलको एक तिहाइ र रूसबाट ४५ प्रतिशत कोइला आयात गरेको सरकारी तथ्याङ्कले देखाएको छ।जर्मनीले रूसबाट आधाभन्दा बढी ग्यास आयात गर्छ।
हाबेकले रूसी ऊर्जा आयातमा रोक लगाउन नमिल्ने बताएका छन्। रूसी इन्धन बहिस्कारले हिउँदमा इन्धन अभाव हुने र मुद्रास्फीति बढ्ने चेतावनी उनले दिएका छन्। फेब्रुअरी २४ मा सुरु भएको युक्रेनमाथिको घातक आक्रमणका लागि खासगरी अमेरिकालगायतका यूरोपेली मुलुकले रूसविरुद्ध व्यापक प्रतिबन्ध लगाएका छन्।
प्रतिबन्धलाई थप कडा पार्दै अमेरिका र बेलायतले मार्च ८ देखि रूसी तेल आयातलाई बन्द गरिसकेका छन्।