जनताले तिरेको राजश्वबाट पालिएका सबै जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री श्रेष्ठ

नेपालभ्युज

जनताले तिरेको राजश्वबाट पालिएका सबै जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौं। भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले कर्मचारीहरू सेवाग्राहीप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएकी छिन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विभागीय समितिको पाँचौं अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनताले तिरेको राजस्वबाट पालिएका सबै जना जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिइन्।

सार्वजनिक प्रशासकले आफू जनताको मालिक नभई सेवक हो भन्ने भावनाले काम गर्नु पर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले काम गर्दा आइपर्ने नीतिगत, कानुनी र व्यावहारिक समस्या समाधान गर्न मन्त्रालय र आफूू तयार रहेको बताइन्।

मन्त्री श्रेष्ठले मन्त्रालय मातहतका नापी, मालपोत जस्ता कार्यालयहरू प्रत्यक्ष रुपमा नागरिकसँग जोडिएकाले यसबाट हुने कामहरू पारदर्शी बनाएर यसअघि बनेको नकारात्मक छवि हटाउने गरी काम गर्न सम्बद्ध सवै पक्ष एक भएर लाग्न आश्यक रहेको औँल्याइन्।

उनले कर्मचारीहरूले जनउत्तरदायी र पारदर्शी भएर काम गर्नु पर्ने र राम्रा काम गर्नेलाई प्रोत्साहन तथा पुुरस्कारको समेत व्यवस्था हुनुुपर्ने कुरामा आफूले सधैं जोड दिँदै आएको भन्दै अब चक्रीय प्रणालीमा सरुवा गर्ने व्यवस्था गर्न ढिलाइ गर्न नहुने पनि बताइन्।

मन्त्री श्रेष्ठले अहिलेको सरकारले वास्तविक भूूमिहीनहरूलाई ललापूर्जा वितरण गर्ने र जमीन दिने कुरालाई प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै टिमबद्ध भएर काम गर्दा समयमा नै काम गर्न सकिने भएकाले यसतर्फ लाग्न कर्मचारीहरूलाई आग्रहसमेत गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved