पञ्जाबमा आम आदमीका १३ मध्ये ११ महिला उम्मेदवारले चुनाव जिते

नेपालभ्युज

पञ्जाबमा आम आदमीका १३ मध्ये ११ महिला उम्मेदवारले चुनाव जिते
अमृतसर पूर्वसिट पञ्जाव विधानसभा चुनावमा आम आदमी पार्टीकी उम्मेदवार जीवन जोत कौर। उनले नवजोत सिंह सिद्धु र मजिठियाजस्ता दिग्गजहरूसँग प्रतिस्पर्धा गर्दै जित हासिल गरिन्।

भारतमा भएको विधानसभा चुनावमा आम आदमी पार्टीले जबर्जस्त जित निकाल्यो। पार्टीको जितमा महिला उम्मेदवारहरूको यतिबेला खुब चर्चा हुन थालेको छ। उनीहरूले त्यहाँ अन्य पार्टीका दिग्गज नेता तथा उम्मेदवारहरूलाई पराजित गर्न सके।

पञ्जाब विधानसभा चुनावमा ९३ महिला उम्मेदवारहरूमध्ये १३ जना मात्र विजयी भए। जहाँ ११ जना आम आदमी पार्टीका मात्र छन्।

राज्यको सबैभन्दा लोकप्रिय सिट अमृतसर पूर्वबाट आम आदमी पार्टीकी जीवनजोत कौरले आफ्ना प्रतिद्वन्द्वी दिग्गज नेता नवजोत सिंहलाई नराम्ररी पछारिन्। अर्कोतर्फ नरेन्द्र कौर भाराजले संगरुर सिटमा पञ्जाबका मन्त्री विजय इन्दर सिंगलालाई हराइन्। धेरैजसो विजयी उम्मेदवारहरू भर्खर मात्र निर्वाचनमा सहभागी हुनेहरू थिए। आम आदमी पार्टीलाई उनीहरूलाई जित दिलाउन सफल भयो।

धेरै दलहरूले महिलालाई टिकट नै दिएनन्

पञ्जाबमा चुनावअघि दलहरूले महिला सशक्तीकरणका ठूला-ठूला आवाज उठाए पनि राजनीतिक दलको उम्मेदवारको सूचीमा भने प्राथमिकता दिएको देखिएन। कांग्रेस होस् वा शिरोमणि अकाली दल वा संयुक्त समाज मोर्चा, कुनै पनि दलले महिलालाई प्राथमिकता दिएनन्।

जहाँ शिरोमणि अकाली दल (बसपा गठबन्धन) ले ११७ सिटमध्ये ४ प्रतिशत मात्रै महिलालाई उम्मेदवार बनाएको थियो। यूपीमा ४०५ सिटमा महिलालाई टिकट दिने बाचा गरेको कांग्रेसले पञ्जाबमा १०५ सिटमा मात्रै महिलालाई उम्मेदवार बनाएको हो। आम आदमी पार्टीले ११७ सिटमध्ये १२ सिटमा महिलालाई चुनाव लड्ने मौका दिएको थियो।

पन्जाबमा आम आदमीले ९२ सिट जितेको छ। जुन अघिल्लो निर्वाचनको भन्दा ७२ सिट बढी हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved