दलहरूले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएः लिङ्देन

एमसीसीको व्याख्यात्मक टिप्पणी लाज ढाक्ने टालो भएको जिकिर

नेपालभ्युज

दलहरूले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएः लिङ्देन

सुर्खेत। राजनीतिक दलहरूले नेपालको वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन्।

शनिबार सुर्खेतमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्न आइपुगेका लिङ्देनले यस्तो भए देशमा दीर्घकालीन असर पार्ने बताए।

नेपालमा राजनीतिकहरूसँग वैदेशिक नीतिको स्पष्ट खाका नभएको अध्यक्ष लिङदेनको भनाइ थियो। “देशका प्रमुख राजनीतिक दलहरूले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिढीका रूपमा जुन प्रयोग गर्ने चेष्टा गरे र सत्तामा बसिराखेकाहरूले सत्तामै बसिराख्ने लिसोको रूपमा प्रयोग गरेका छन्,” उनले भने, “यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ।”

प्रतिनिधि सभाबाट पारित गरिएको व्याख्यात्मक अमेरिकी मिलेनियम च्यालेञ्ज कार्पोरेसन (एमसीसी) लाज ढाक्ने टालो भएको टिप्पणी उनले गरे। “एमसीसी माथिको व्याख्यात्मक टिप्पणीले कालातन्तरमा देशलाई नोक्सानीतर्फ लैजाने छ,” उनले भने, “देशमा आलोकाचो परराष्ट्र नीति रहेको छ। यसलाई बदल्नुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved