एमसीसीका कारण‍ पार्टी छाड्नेहरू पहिल्यै विचलित थिए: प्रचण्ड

नेपालभ्युज

एमसीसीका कारण‍ पार्टी छाड्नेहरू पहिल्यै विचलित थिए: प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले एमसीसी पारित गर्‍यो भनी पार्टी छाड्ने नेता तथा कार्यकर्ताहरू पहिल्यै विचलित र भइसकेकाहरू भएको बताएका छन्।

प्रेस सेन्टर नुवाकोटले आज आयोजना गरेको कार्यक्रममा उनले केही मान्छेले माओवादी छाडेर एमाले गएको अफवाह फैलाए पनि ती पहिल्यै पलायन भइसकेको आरोप लगाए।

‘‘एक/दुई जना माओवादीले व्याख्यात्मक घोषणासहित एमसीसी पारि गरेको भनी एमाले जाने भनेर गए, एमाले जसले एमसीसीलाई जस्ताको त्यस्तै उहिल्यैदेखि फुलस्टप/कमा पनि चेन्ज गर्नुहुँदैन भन्नेकहाँ जाने?” उनले भने, ‘‘ त्यस्ता मान्छे पहिले नै पलायन भइसकेका/विचलित भइसकेकाको त के कुरा गर्नु?”

भिन्न मत राख्नेहरूलाई आफूहरूले सम्मान गरिरहेको र चुनावपछि यस विषयमा विभिन्न फोरममा पार्टीले बहस चलाउने उनले बताए।

‘‘भिन्न मत राख्ने विचार र काम्रेडलाई हामीले सम्मान गरेका छौँ, केही समयपछि चुनाव सकिएपछि फोरममा बहस चलाउने भनेका छौँ,” उनले भने, ‘‘राजीनामा दिनुपर्ने कारण छैन।” उनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास भएकाले पार्टी नछाड्न आग्रह गरे।

कार्यक्रममा सञ्चारकर्मीले एमसीसीका कारण नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्न थालेको विषयमा राखेको धारणामा उनले व्याख्यात्मक घोषणासहित एससीसी पास गर्नसकिने अवस्था बनेकाले त्यही कारण पार्टी त्याग गर्नुनपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved