राजेश हमालको आवाजमा ‘गाउँले ठिटो’

नेपालभ्युज

राजेश हमालको आवाजमा ‘गाउँले ठिटो’

काठमाडौं। नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ रिलीज भएको छ। रोल…

शुक्रबार राजधानीमा एक कार्यक्रमबीच नायक हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो। गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ।

गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषवूषामा देखिएका छन्। रोजगारीका लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ।

भिडियोमा हमालको साथमा उत्तम केसी, गोविन्द भट्ट, एसके दाहाल लगायतको अभिनय छ।

कार्यक्रममा महानायक हमालले आफू गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास रहेको बताए। हमालले आफूले अभिनय गरिरहेका अन्य म्युजिक भिडिओजस्तो यो गीत नभएको बताए। तीन महीनाको मिहिनेतपछि यो गीत तयार भएको बताए।

कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसंगमा हमालले आफूले व्यंगात्मक रुपमा उक्त कुरा भनेको बताए।

नायक हमालले भने, “कुनै नराम्रो शहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ। तर, काठमाडौंमा केही पनि छैन। परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन। यसतर्फ कसैको ध्यान छैन। केही न केही त हुनुपर्छ शहरमा भनेर मैले व्यंग्य गरेको हुँ।”

कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिति थियो। भट्टराईले हमालको गायन क्षमता यति धेरै राम्रो छ भनेर आफूलाई पहिले थाहा नभएको बताइन्। गीत हेर्दा रमाइलो लागेको बताउँदै उनले यो गीत गाउन आफूले प्रेरित गरेको सुनाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved