उठ्दैछन् भूकम्पले भत्काएका ऐतिहासिक धरोहरहरू (फोटो फिचर)

पुनर्निर्माण थालिएको करीब सात वर्ष पुग्न लाग्दा देशको राजधानीलगायतका क्षतिग्रस्त सम्पदाहरूले नयाँ स्वरूप लिन थालेका छन्। 

नेपालभ्युज

उठ्दैछन् भूकम्पले भत्काएका ऐतिहासिक धरोहरहरू (फोटो फिचर)

काठमाडौं। १२ बैशाख २०७२ मध्यदिनमा गोर्खाको बार्पाक केन्द्रबिन्दु बनाइ ७ दशमलव ८ म्याग्निट्यूडको विनाशकारी महाभूकम्प गयो। भूकम्पले १४ जिल्लामा क्षति पुर्‍याएकोमा सात हजार ८०० भन्दा बढीको मृत्यु भएकोमा हजारौँ कयौँ हताहत भए। साथसाथै मन्दिर, स्मारकलगायत ऐतिहासिक धरोहर पनि गर्ल्याम्मै ढले, केहीलाई टेको दिएर संरक्षण गर्नुपर्‍यो।

महाभूकम्पका कारण ३०भन्दा बढी ऐतिहासिक भवनहरू ध्वस्त भएका थिए। सोही वर्ष आंशिक क्षति भएका स्थलको पुनर्निर्माण शुरु गरिएकोमा पछि पुरातात्त्विक तथा ऐतिहासिक संरचनासहित क्षति भएका भवनहरूको पुनर्निर्माण शुरु गरिएको थियो। पुनर्निर्माण थालिएको करीब सात वर्ष पुग्न लाग्दा देशको राजधानीलगायतका क्षतिग्रस्त सम्पदाहरूले नयाँ स्वरूप लिन थालेका छन्।

तस्वीरमा हेर्नुहोस् पुनर्निर्माणपछि उठ्दै गरेका केही ऐतिहासिक धरोहरहरू:

हनुमानढोका, काठमाडौं
वसन्तपुर दरबार, काठमाडौं
माजुदेवल, पाटन
ब्रम्हायणी मन्दिर, भक्तपुर
बंशिगोपाल भजन, भक्तपुर
फसिदेग शिलु महादेव मन्दिर, भक्तपुर
तलेजुभवानी र जगन्नाथ मन्दिर, काठमाडौं
यक्षश्वर महादेव मन्दिर, भक्तपुर
जैशीदेवल, काठमाडौं
लक्ष्मीनरसिँह मन्दिर, भक्तपुर
यक्षश्वर महादेव मन्दिर, भक्तपुर

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved