महँगीले भान्छा चलाउन गाह्रो भयो, नियन्त्रणमा प्रतिबद्ध छौं : मन्त्री भुसाल

नेपालभ्युज

महँगीले भान्छा चलाउन गाह्रो भयो, नियन्त्रणमा प्रतिबद्ध छौं : मन्त्री भुसाल
फाइल तस्वीर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन्। गोदावरी नगरपालिकाको छैटौं स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उदघाटनका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उनले महङ्गीले दैनिक भान्छा चलाउन कठिनाई भएको बताइन्।

उनले यसको नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताइन्। नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उनको भनाइ थियो।

सांसद् नवराज सिलवालले सो क्षेत्र विकास निर्माणका हिसाबले काठमाडौँ उपत्यकाको कर्णालीका रुपमा रहेको बताए। उनले सरकारले उक्त ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताए।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा सो नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराए। सो क्षेत्र भित्रिने सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गरे।

उपप्रमुख मुना अधिकारीले अब आफूहरुले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गरे।

उक्त कार्यक्रममा १४ वडाध्यक्षलगायत कार्यापालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको सो भवन वज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ। भवन निर्माणका लागि हालसम्म लगभग रु २५ करोड रकम खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved